Search
Price Range

घरबहाल कर (Ghar Bahal Kar) : कसले, कति र कहाँ तिर्ने?

Ghar Bahal Kar or rental tax in Nepal

घरबहाल कर (Ghar Bahal Kar) भन्नाले कुनै व्यक्ति वा संस्थाले आफ्नो स्वामित्वमा रहेको घर, जग्गा वा कुनै संरचनालाई निश्चित अवधिको लागि प्रयोग गर्न दिएर त्यस बापत लिने बहाल वा भाडाको सरकारलाई तिर्नु पर्ने कर भनेर बुझिन्छ । स्थानीय सरकारको गठन पछि घरबहाल कर संकलनको अधिकार स्थानीय तहलाई दिइयो । स्थानीय सरकारले घरबहाल करलाई आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा लिन थालेपछि घरबहाल कर असुलीमा कडाई हुन थालेको हो । घरबहाल कर सम्बंधि आधारभूत जानकारी नहुँदा धेरै मानिसले जरिवानासमेत तिर्नुपरेको छ । त्यसैले घरबहालसम्बन्धी केही आधारभूत कुराहरु यो लेखमा चर्चा गर्नेछौँ ।

  • 1. घरबहाल कर (Ghar Bahal Kar) कसले तिर्नुपर्छ?

    घरबहाल कर (Ghar Bahal Kar) कस्ले तिर्ने भन्ने कुरा घरभाडा सम्झौताले  निर्धारण गर्छ । खासमा जसको घर जग्गा हो उसैले बहाल कर बुझाउनु पर्छ तर घरभाडामा दिने र लिने दुई पक्षबीच भएको सम्झौतामा भाडामा लिने व्यक्ति तथा संस्थाले बहाल कर बुझाउने भनिएको भए भाडावालले नै बुझाउनुपर्छ ।

    मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ३९२ बमोजिम यदि बहाल कर तिर्नुपर्ने जिम्मा घरधनिको छ तर घरधनिले समयमा बहाल कर तिरेको छैनन् भने भाडामा लिनेले बहाल कर तिर्नु पर्छ। यसो गर्दा, भाडामा लिनेले घरधनिलाई तिर्नुपर्ने भाडाबाट कर रकम कटौती गर्न पाउनेछन्।

  • 2. घरबहाल कर (Ghar Bahal Kar) कति बुझाउनु पर्छ?

    नेपालको संविधानले बहाल कर उठाउने  एकाधिकार स्थानीय तहलाई दिएपछि स्थानीय तहले फरकफरक करको दर तोकेका छन् । 2074 साल  अघिसम्म 10 प्रतिशत घरबहाल कर केन्द्रीय सरकारलाई बुझाउनु पर्थ्यो । हाल स्थानिय तहले 10 देखि 17 प्रतिशत सम्म घरबहाल कर (Ghar Bahal Kar)  उठाईरहेका छ्न् । काठमाडौं महानगरपालिकाले भने घरबहाल कर 10 प्रतिशत लिँदै आइरहेको छ ।

  • 3. घरबहाल कर (Ghar Bahal Kar) कहाँ बुझाउनु पर्छ?

    नेपालको संविधानले बहाल कर उठाउने  एकाधिकार स्थानीय तहलाई दिएका कारण घरबहाल कर (Ghar Bahal Kar) सम्बन्धित वडा कार्यालयहरुमा बुझाउनुपर्छ । 2074 अघि सम्म भने उक्त कर घरधनीले नजिकैको करदाता सेवा कार्यालयमा गएर तिर्नुपर्थ्यो । तर कुनै संस्था वा कम्पनीको  घरजग्गा भाडामा लागाएको छ भने सो भाडाबापत हुने आम्दानीको कर अझै पनि संघीय सरकारलाई नै बुझाउनुपर्छ ।

घरबहाल कर अग्रिम बुझाउन जरुरी छैन । बहाल कर सम्बन्धित आर्थिक बर्षको अन्तिमसम्म बुझाइ सक्नुपर्छ । नबुझाएमा १० प्रतिशत जरिवाना लाग्छ । 

स्रोत:

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

 
प्रचार:

हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।

Join The Discussion