यदि तपाईं विदेशमा हुनुहुन्छ र नेपाली नागरिक हो भने आफ्नो घर जग्गा बेच्न र जग्गाधनी दर्ता प्रामाणपुर्जा (Lalpurja) नामसारी गर्न खोज्नुभएको छ भने, तपाई नेपाल नआई कन पनि जग्गा पास गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईंले अरु कसैलाई आफ्नो तर्फबाट काम कारवाही गर्न अधिकृत वारेस नामा (Adhikrit Wares Nama) दिन सक्नुहुनेछ। अधिकृत वारेस नामा यस्तो एउटा कानुनी कागजात हो जसले तपाईलाई नेपालमा हुनुभएको तपाइँको विश्वसनीय व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्न अनुमति दिन्छ र उसलाई तपाइँको जग्गा बेच्न वा जग्गा पास गर्ने अधिकार दिन्छ। विदेशबाट नेपालको जग्गा कसरी पास (Jagga Pass) गर्ने, आवश्यक कागजातहरू र कानुनी प्रक्रियाहरू सहित चरणबद्ध रूपमा हामीले यहाँ चर्चा गर्नेछौँ।
अधिकृत वारेस नामा (Adhikrit Wares Nama) भनेको के हो?
कुनै पनि व्यक्तिले कानुनी निकायमा आफू उपस्थित हन नसकेको अवस्थामा संहिताबमोजिम अधिकारप्राप्त अधिकारीबाट प्रमाणित गरी अरु कसैलाई आफ्नो सट्टा काम कारवाही गर्न अधिकार दिनुलाई अधिकृत वारेस नामा भनिन्छ। अधिकृत वारेस नामा लिने व्यक्तिलाई अधिकृत वारेस भनिन्छ। अधिकृत वारेसले उपस्थित भएर गरेको कारोबार मुख्य व्यक्तिले गरे सरह मान्यता हुन्छ।
अधिकृत वारेस नामा (Adhikrit Wares Nama)द्वारा विदेशमा बस्ने नेपाली नागरिकले आफू स्वयम मालपोत कार्यालयमा उपस्थित नभएर पनि आफ्नो हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री–वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र गरिदिन वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न वा कानुनबमोजिम रजिस्ट्रेसन गर्नुपर्ने लिखत पारित गराउन सक्नेछ्न्। तसर्थ अधिकृत वारेस नामा मार्फत विदेशमा भएका नेपाली नागरिकले स्वदेश नआई कन नै जग्गा बेच्न र लालपुर्जा (Lalpurja) नामसारी गर्न सक्नेछ्न्।
अधिकृत वारेस नामा मार्फत विदेशबाट जग्गा पास गर्ने प्रक्रिया:
१. अधिकृत वारेस नामा तयार गर्ने:
- अधिकृत वारेस नामा नेपालको अधिवक्ता वा लाइसन्स प्राप्त कानुनि व्यवसायद्वारा तयार गरिएको हुनुपर्छ।
- वारेस नामा दिने व्यक्ति बसेको देश नेपालको दूतावास वा महावाणिज्य दूतावासलाई सम्बोधन गरेर निवेदन लेख्नुपर्छ।
- वारेस नामा र निवेदन दुबै नेपाली कागजमा लेखिएको हुनुपर्छ र अधिवक्ताको पुरा नाम, सहिछाप, लाईसन्स नम्बर वा पारिचय प्रतिलिपि राख्नुपर्छ।
- वारेस नामामा वारेसको फोटो टाँसी सहिछाप र औठाछाप लगाउनुपर्छ साथै कुनामा नेपालमै रहेका साक्षिहरुको नाम ठेगाना र सहिछाप हुनुपर्छ।
२. अधिकृत वारेस नामा प्रमाणीकरण:
अधिकृत वारेस दिने व्यक्तिले प्रमाणीकरणको लागि आफू बसेको देशमा रहेको नेपाली दूतावास वा महावाणिज्य दूतावासमा स्वयम जानुपर्छ र त्यसको लागि यि प्रक्रियाहरु अपनाउनु पर्छ:
- अपोइन्टमेन्ट बुक गर्नुहोस्: तपाईंको बसोबास गर्ने देशमा रहेको दूतावास वा महावाणिज्य दूतावासमा जाने समय तय गर्नुहोस्।
- कागजातहरू पेश गर्नुहोस्: आफू स्वयम उपस्थित हुनुहोस् र प्रमाणीकरणको लागि सबै आवश्यक कागजातहरू (तल सूचीबद्ध छन्) दूतावासमा बुझाउनुहोस्।
- आवश्यक शुल्क तिर्नुहोस्: प्रमाणीकरण प्रक्रियाको लागि आवश्यक शुल्कहरू तिर्नुहोस्।
अधिकृत वारेस नामा प्रमाणीकरणको लागि आवश्यक कागजातहरू:
१. अधिकृत वारेस नामा कागजात:
- नेपालका अधिवक्ताले तयार पारेको नेपाली कागजमा प्रिन्ट गरेको अधिकृत वारेस नामा को दुई सक्कल कपि
- नेपाली दूतावास वा महावाणिज्य दूतावासलाई सम्बोधन गरिएको निवेदन।नेपाली नागरिकता प्रमाणपत्र:
- अधिकृत वारेसनामा दिनेको सक्कल नेपाली नागरिकता प्रमाणपत्र र अधिकृत वारेसनामा लिनेको नोटरी पब्लिकबाट प्रमाणित भएको नागरिकता फोटो कपि हुनुपर्छ ।
२. नेपाली राहदानी र भिसाका प्रतिलिपिहरू:
- अधिकृत वारेसनामा दिनेको सक्कल नेपाली राहदानी, भिसा कपि
३. फोटोहरू:
- अधिकृत वारेसनामा दिनेको हालै खिचिएको 2 प्रति फोटो
४. जग्गाको कागजात:
- घर/जग्गाको आर्थिक वर्षको मालपोत तिरेको रसिद (Tiro Rasid) सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित नक्कल कपि
- जग्गाधनि दर्ता प्रमाणपुर्जा (Lalpurja) सक्कल र एक प्रति नोटरी पब्लिकबाट प्रमाणित नक्कल।
यो पनि पढ्नुहोस्:
नेपालमा घर जग्गा पास (Jagga Pass) र लालपुर्जा दर्ताको प्रक्रिया, खर्च र चाहिने कागजात बारे बुझिराखौँ ।
जग्गा बिक्री वा जग्गा पासलाई अन्तिम रूप दिने
अधिकृत वारेस नामा दूतावासबाट प्रमाणित भएपछि, यो नेपालमा कानुनी रूपमा मान्य हुनेछ। त्यसपछि वारेसले तपाईंको तर्फबाट जग्गा बिक्री वा लालपुर्जा नामसारी प्रक्रिया अगाडि बढाउन सक्नेछन्। सबै कानूनी प्रक्रियाहरु पुरा भए-नभएको र काम पुरा नहुन्जेल सम्म वारेससंग सम्बाद र कुराकानी गरिरहनुपर्छ।
जग्गा पास गर्दा अधिकृत वारेस नामा किन प्रयोग गर्ने?
विदेशबाट अधिकृत वारेस नामा जारी गर्दा नेपाली नागरिकहरूका लागि विशेष गरी मालपोतको कामकाजमा धेरै सहज र फाईदा हुन्छ। जस्तै:
सुविधा: तपाईं नेपाल नआएर नै घर जग्गा पास गर्न सक्नुहुन्छ।
कानूनी सुरक्षा: अधिकृत वारेस नामा कानुनी रूपमा बलियो कागजात हो जसले तपाईंको काम-कारवाहिलाई सुरक्षित बनाउँछ।
समय-बचत: तपाईं नेपालमा भौतिक रूपमा उपस्थित नभए काम गराउन सकिने हुनाले समयको बचत पनि हुन्छ।
हामी संग जोडिनुहोस्
यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।
Join The Discussion