Search
Price Range

जग्गा किन्दा ध्यान दिनुपर्ने १० महत्वपूर्ण कुराहरु

जग्गा किन्दा ध्यान दिनुपर्ने

हामीले आफ्नो घर बनाउन होस् अथवा लगानी वा कारोबार गर्ननै किन नहोस्, बिभिन्न प्रयोजनका निम्ति जग्गा किन्छौँ । जग्गा भनेको अरु सामान जस्तो किनिराख्ने पनि होईन । आफ्नो जिवनको अमूल्य कमाई जग्गामा लगानी गरिराख्दा पक्कै पनि हामी जग्गा किनिसके पछि झै-झमेला नहोस्, मुद्धा मामिला नहोस् भन्ने नै चाहंछौ । त्यसैले हामीले खरिद गर्नु भन्दा अगाडि बिभिन्न कुराहरु जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ ।

पढ्नुहोस् १० महत्वपूर्ण कुराहरु जुन जग्गा किन्दा ध्यान दिनुपर्ने हुन्छ :

१. सर्बप्रथम जग्गा बिक्री गर्ने वास्तबिक व्यत्ति बुझेर सो कित्ता जग्गा निजको हक भोगमा छ छैन प्रष्ट हुनुपर्छ । जग्गा धनिलाई थाहै नभई अन्य कुनै व्यक्तिले जग्गा बिक्रि गरेको वा गर्न खोजिएको कतिपय घटना हामीले सुन्दै आईरहेका छौँ । त्यसैले यो कुरामा सतर्क रहनुहोल।

२. उक्त कित्ताको मोठ श्रेस्त, फोटो र तीन पुस्ते ठिक भए नभएको एकिन गर्नुपर्छ ।

३. सो जग्गा कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभए बारे आफू प्रष्ट हुनपर्छ ।

४. जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ छैन राम्ररी बुझ्नुपर्छ ।

५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ मिल्दैन एकिन गर्नुपर्छ ।

६. जग्गा रैकर वा गुठी के हो , प्रस्ट हुनपर्छ ।

७. उक्त जग्गमा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुनपर्छ ।

८. लालपुर्जा, जमिन र नक्साको क्षेत्रफल मिल्छ कि मिल्दैन एकिन गर्नु पर्छ ।

९. उक्त कित्ताको चारै तर्फको सिमानामा विवाद भए नभएको जग्गामा नै गई साँध सँधियार संग नै बुझ्नुपर्छ ।

१०. अन्तिममा, नक्सा  बमोजिमको जग्गामा चारै तर्फ सिमाना एकिन गर्न रेखाङ्कन गराउनु पर्छ ।

 

घर जग्गा सम्बंधि यस्तै जानकारी मुलक लेख पढ्न तल गएर आफ्नो ईमेल Submit गर्नुहोस् र हाम्रो Newsletter Subscribe गर्नुहोस् ।

(स्रोत: नापी बिभाग, जनहितमा जारी)

 

यो पनि पढ्नुहोस् :

Join The Discussion