जग्गा हदबन्दी : नेपालमा एक परिवारले कति सम्म जग्गा राख्न पाउँछ ?

jagga hadbandi
Please Share:

जग्गा हदबन्दी(Jagga Hadbandi) र त्यस सम्बन्धि नेपालको नियम :

नेपालमा पहिलो पटक विक्रम संवत् २०२१ मा भूमि सुधार लागू भयो र जग्गा हदबन्दी लागू गरियो। जमिनदारहरु संग सयौं बिघा जग्गा रहेको तर वास्तविक किसानसँग जग्गा नहुने अवस्था अन्त्य गर्न जग्गा हदबंदी (Jagga Hadbandi) कानून बनेको छ । २००७ को आन्दोलनसँगै जग्गा हदबन्दी गर्नुपर्ने माग उठेको थियो । २०१५ मा आमनिर्वाचनका क्रममा नेपाली कांग्रेसले भूमि हदबन्दीलाई आफ्नो प्रमुख कार्यक्रमको रूपमा समावेश गरेको थियो। २०२१ मा कानून बनेको भूमि ऐनले पहाड, तराई र उपत्यका क्षेत्रमा एउटै परिवारको नाममा कति जग्गा राख्न सकिन्छ भन्ने सीमा तोकेको छ ।
। उक्त ऐनअनुसार पहाडी जिल्लामा एक परिवारको नाममा ८५ रोपनी जग्गा राख्न सकिने थियो । त्यसैगरी तराईमा २५ बिघा र उपत्यकामा ५० रोपनी जग्गाको सीमा तोकिएको छ । सीमा नाघेको जग्गा राष्ट्रियकरण गरी केही बस्ती बस्नेलाई बाँडिएको थियो। समय परिवर्तनसँगै २१ समय पुरानो ऐनले तोकेको सीमा परिमार्जन गर्नुपर्ने भएकाले २०५८ सालमा परिमार्जन गरिएको थियो । र नयाँ सीमा पनि तोकिएको थियो। २०५८ को परिमार्जित भूमि ऐनअनुसार काठमाडौं उपत्यकामा एक परिवारले २५ रोपनी जग्गा राख्न पाउने व्यवस्था छ । त्यस बाहेक घडेरी र बारीका लागि थप 5 रोपनी जग्गा राख्न सक्छन्। साथै, पहाडी क्षेत्रमा एक परिवारले ७० रोपनी जग्गा आफ्नो नाममा राख्न सक्छ। साथै, घरबारीका लागि थप ५ रोपनी जग्गा राख्न सकिने छ। तराईमा एक परिवारको नाममा १० बिघाको सीमा निर्धारण गरिएको छ । यससँगै परिवारले घरबारी प्रयोजनका लागि थप एक बिघा जग्गा राख्न पाउनेछन्। त्यसैले सामान्यतया काठमाडौं उपत्यकाका बासिन्दाले प्रतिपरिवार ३० रोपनी, पहाडी क्षेत्रका बासिन्दाले प्रतिपरिवार ७५ रोपनी र तराईका बासिन्दाले प्रतिपरिवार ११ बिघासम्म जग्गा राख्न सक्नेछन् ।

यो पनि पढ्नुहोस् :

वास्तु शास्त्र (Vastu Shastra) के हो ? वास्तु शास्त्रको प्राचीन विज्ञान बारे बुझौँ ।

घर जग्गा सम्बन्धि यस्तै जानकारी मुलक लेख पढ्न तल गएर आफ्नो ईमेल Submit गर्नुहोस् र हाम्रो Newsletter Subscribe गर्नुहोस् ।

(स्रोत: मालपोत, जनहितमा जारी)

Join The Discussion

Compare listings

Compare