Search
Price Range

जग्गा वर्गीकरण (Jagga Bargikaran) के हो? वर्गीकरण परिवर्तन गर्न नियममा के छ बुझिराखौँ ।

jagga bargikaran

सम्पति कर तिर्न जाँदा होस वा जग्गा सम्बन्धी मालपोतमा काम पर्दा, पछिल्लो समय जग्गा वर्गीकरण (Jagga Bargikaran) भनेर सुनिरहेका हुन्छौ । के हो त जग्गा वर्गीकरण ? जग्गा वर्गीकरण परिवर्तन गर्न नियममा के छ ? हामी चर्चा गर्नेछौँ ।

जग्गा सम्बंधि  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली, २०७९ अनुसार भूउपयोग क्षेत्र वर्गीकरण अर्थात जग्गा वर्गीकरण (Jagga Bargikaran) भनेर जग्गालाई १० शिर्षकमा छुट्टाएको छ । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन्। प्रत्यक शिर्षकका आधार तथा मापदण्ड वृस्तित रुपमा तल उल्लेख गरेका छौ ।

स्थानीय तहहरूले भू-उपयोग क्षेत्र वर्गीकरण (Jagga Bargikaran) नक्सा बमोजिम आफ्नो सीमा क्षेत्रका हरेक कित्ता जग्गाको जग्गाधनी स्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा भू-उपयोग क्षेत्र वर्गीकरण गरी मालपोत कार्यालय र नापी कार्यालयलाई पठाए बमोजिम अद्यावधिक भइसकेको र जग्गाधनीले आफ्नो जग्गाको वर्गीकरण अद्यावधिक गरिएको जग्गाधनी प्रमाणपुर्जा लिनका लागि मालपोत कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

जग्गा वर्गीकरण (Jagga Bargikaran)परिवर्तन गर्न नियममा के छ ?

सुरुमा कुनै पनि व्यक्तिले वर्गीकरण (Jagga Bargikaran) परिवर्तनका लागि स्थानीय भू-उपयोग परिषद्‌मा निवेदन दिनुपर्छ । त्यसलाई उक्त परिषद्ले उपयुक्त ठहर गरेमा प्रदेश परिषद्‌मा पठाउनेछ। त्यसरी पठाउँदा एकमुस्ट रूपमा कि असार मसान्त वा पौष मसान्तमा मात्र पठाउनुपर्ने व्यवस्था छ। उक्त प्रस्तावलाई प्रदेशको परिषद्ले उपयुक्त ठानेमा सङ्घमा पठाउने छ अनि सङ्घको परिषद्ले निर्णय गरेमा मात्र उक्त जग्गाको वर्गीकरण (Jagga Bargikaran) परिवर्तन हुनेछ।

तसर्थ जग्गाको वर्गीकरण (Jagga Bargikaran) परिवर्तन गर्न सर्बप्रथम स्थानिय निकाय नै गएर निबेदन पेश गर्नुपर्ने हुन्छ र धेरै समय लाग्ने अनि प्रदेश हुदैँ संघ सम्म निर्णय हुनुपर्ने हुनाले झंझटिलो चाहिँ रहेको छ ।

Advertisement:

भूउपयोग क्षेत्र वर्गीकरण(Jagga Bargikaran)का आधार, मापदण्ड तथा क्षेत्रफल

भूउपयोग क्षेत्र वर्गीकरणका आधार तथा मापदण्ड देहाय बमोजिम हुनेछन्

(क) कृषि क्षेत्र : देहाय बमोजिम प्रयोग भएको जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण (Krishi Jagga Bargikaran) गरिनेछ 

() अन्नबाली, दलहन, तेलहन वा अन्य नगदे बाली लगायतको खेतीपातीको लागि उपयोग भइरहेको जग्गा

() फलफूलको बगैंचा वा नर्सरी, तरकारी, सागपात, व्यावसायिक फूलको खेती, सोको नर्सरी लगायतको जग्गा

() पशुपन्छी पालन वा पशुपन्छीको आहाराको लागि प्रयोग हुने दाना, घाँस वा वनस्पति उत्पादन लगायतको लागि उपयोग भएको जग्गा

() सरकारी र सार्वजनिक वनक्षेत्र बाहेकका आवादी क्षेत्रभित्र भएका खरबारी, घाँसे मैदान, चरन क्षेत्र तथा रूख वा झाडी भएको जग्गा

() निजी जग्गामा वन पैदावार वा जडीबुटी उत्पादन गर्ने उद्देश्यले हुर्काइएका वनस्पति वा जडिबुटी भएको जग्गा, 

() निजी वा सरकारी सार्वजनिक जग्गामा कृत्रिम पोखरी बनाई माछापालन गरिएको जग्गा

() कृषि उत्पादनको रेखदेख गर्न,भण्डार गर्न, सुकाउन तथा प्रशोधन गर्न वा पशुपालनको लागि प्रयोग भएको कुनै पनि भौतिक संरचना वा घर, टहरा आदि भएको जग्गा,

( ८ ) खनजोत गरी खेती लगाउन तयार गरिएको जग्गा वा खेती लगाउन उपयुक्त हुन सक्ने आवाद लायक पर्ती वा बाँझो जग्गा

() बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल पाँच हजार वर्ग मिटरभन्दा बढी भई खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा

(१०) एकै स्थानमा विभिन्न कित्ताहरू जोडिएर एक हेक्टर वा सोभन्दा बढी क्षेत्रफलमा खेती गरिएका वा खनजोत गरिएका वा पर्ती बाँझो खेतीयोग्य जग्गा । 

(ख) आवासीय क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई आवासीय क्षेत्रमा वर्गीकरण (Aawasiya Jagga Bargikaran) गरिनेछ

(कृषि उपजको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन वा उद्योग कलकारखाना सञ्चालनको प्रयोजन बाहेक नागरिक आवासको रूपमा प्रयोग भएको भवन, घर, टहरा वा सो भएको जग्गा

() व्यक्तिगत घर सोसँग जोडिएका बगैंचा, ग्यारेज, आँगन सो प्रयोजनको लागि प्रयोग हुने व्यक्तिगत बाटो आदि रहेको जग्गा

() एकभन्दा धेरै परिवारहरू बस्ने विकसित अपार्टमेन्ट. बहुतले भवन वा आवासीय फ्ल्याट रहेको जग्गा, सो प्रयोजनको लागि छुट्याइएको बाटो सामूहिक ग्यारेज, पार्किङ्ग स्थल, बगैंचा, चौर, मनोरञ्जनस्थल लगायत रहेको जग्गा

() ग्रामीण क्षेत्रमा बनेको घर, आँगन, चोक, घरसँगै रहेको गोठ, चर्पी, करेसाबारी, बगैंचा लगायतले चर्चेको जग्गा

() बसोबासका लागि आवश्यक आधारभूत भौतिक पूर्वाधार, सडक, विद्युत, खानेपानी वा ढल निकास लगायतको व्यवस्था भएको क्षेत्रमा रहेको एक हजार वर्ग मिटरभन्दा साना कित्ताका जग्गा

() बसोबास क्षेत्रमा उपयोग गर्न आवश्यक न्यूनतम पूर्वाधारको विकास भएको कित्ता जग्गा रहेको ठाउँबाट एक सय मिटरको अर्धव्यासको क्षेत्रमा एक सय पचास एकात्मक परिवार आवास इकाई वा दशभन्दा बढी संयुक्त परिवार आवास इकाई भएको जग्गा। 

 

यो पनि पढ्नुहोस्: 

  •  

(व्यावसायिक क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई व्यावसायिक क्षेत्रमा वर्गीकरण (Bewasayik Jagga Bargikaran) गरिनेछः- 

() सामूहिक रूपमा वस्तु वा सेवाको खरिद बिक्री हुने स्थल रहेको घरजग्गा तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा

() विभिन्न किसिमका व्यापारिक,व्यावसायिक मनोरञ्जनस्थल रहेको क्षेत्र तथा सो प्रयोजनको लागि उपयोग भएको घर रहेको जग्गा वा सो प्रयोजनको लागि छुट्याइएको जग्गा

() निजी क्षेत्रबाट सञ्चालन गरिएको शिक्षा, स्वास्थ्य, सञ्चार लगायत सेवा उपलब्ध गराउने स्थल वा सोको लागि प्रयोग भएको घर र घरले चर्चेको जग्गा

() कुनै वस्तु वा यन्त्र उपकरणको मर्मतसम्भार वा सफा गरिने स्थल वा भण्डारण गरिएको स्थल वा सो प्रयोजनका लागि प्रयोग भएको घर घरले चर्चेको जग्गा

() कुनै व्यावसायिक क्रियाकलाप सञ्चालन नभए तापनि सोको पूर्वाधार समेत उपलब्ध भएको सो घर वा जग्गा रहेको स्थानबाट एकसय मिटरको अर्धव्यासमा करिब पचास व्यावसायिक कारोबार रहेको स्थल, सोको लागि प्रयोग भएको घर तिनले चर्चेको जग्गा

() सरकारी, सार्वजनिक वा निजी क्षेत्र समेतले सेवा प्रदान गर्न स्थापना गरेको कार्यालय तथा तिनले चर्चेका जग्गा वा भविष्यमा निर्माणको लागि छुट्याइएको जग्गा

() पर्यटकीय गतिविधिमा उपयोग भइरहेको क्षेत्रले चर्चेको जग्गा।

 (घ) औद्योगिक क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई औद्योगिक क्षेत्रमा वर्गीकरण गरिनेछ:– 

() कुनै वस्तु वा कच्चा पदार्थ उत्पादन गर्ने उद्योग वा वर्कशप रहेको स्थल, सो प्रयोजनका लागि निर्माण भएका घर वा टहरा तथा उद्योग सञ्चालनको लागि प्रयोग भएको जग्गा 

() खाद्यान्न प्रशोधन, उपभोग्य वस्तु, पेय पदार्थ उत्पादन तथा प्रशोधन स्थल तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा 

() विभिन्न मेसिनरी औजार, यन्त्र उपकरण, सवारी साधन निर्माणस्थल तथा सोको लागि छुट्याइएको जग्गा, 

() कपडा तथा पोशाक उत्पादन स्थल तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा

() सजावट सामग्री, निर्माण सामग्री, काठजन्य उद्योग लगायत सञ्चालनमा रहेको स्थल तथा सो प्रयोजनको लागि छुट्याइएको जग्गा

() कुनै उद्योग सञ्चालन तथा रेखदेख गर्न आवश्यक घर, टहरा तथा वर्कशपले चर्चेको जग्गा तथा कच्चा पदार्थ भण्डारण गर्न उपयोग गरिएको जग्गा

() उद्योगबाट उत्पादित फोहरजन्य पदार्थको विसर्जन गर्ने प्रयोजनका लागि प्रयोग भएक जग्गा

() नेपाल सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रविशेष आर्थिक क्षेत्र लगायत सो क्षेत्रले चर्चेको जग्गा । 

(ङ) खानी तथा खनिज क्षेत्रः देहाय बमोजिमको क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा वर्गीकरण (Khani tatha khanij Jagga Bargikaran) गरिनेछः- 

() जमीनको सतहमा (ढुङ्गा, गिट्टी, बालुवा समेत) वा जमीन मुनि (फलाम, जस्ता, तामा समेत) विभिन्न किसिमका खानी भएको क्षेत्र,

() जमीन मुनि विभिन्न किसिमका खनिज पदार्थ (पेट्रोलियम पदार्थ, ग्याँस, सुन, चाँदी वा अन्य बहुमूल्य धातु) फेला परेको क्षेत्र

() खानी वा खनिज पदार्थ उत्खनन भइरहेको वा भइसकेको हाल खाली रहेको वा फेला परेको क्षेत्र। 

(च) वन क्षेत्रः प्रचलित कानून बमोजिम वन क्षेत्र भनी परिभाषा गरिएको देहाय बमोजिम प्रयोग भएको जग्गालाई वन क्षेत्र जग्गा वर्गीकरण (Ban Kshetra Jagga Bargikaran) गरिनेछः- 

() पूर्ण वा आंशिक रूपले रुख तथा वनस्पतिले ढाकिएको जग्गा

() सरकारी, सामुदायिक, कबुलियती, धार्मिक लगायत सबै प्रकारका वन जङ्गल भएको जग्गा

() रुख तथा वनस्पति वृक्षारोपण गरिएका सरकारी वा सार्वजनिक जग्गा

() रुख तथा वनस्पति नभएको भए तापनि अन्य प्रयोजनको रूपमा वर्गीकरण नभएका झाडी, बुट्यान आदि भएको जग्गा

() प्राकृतिक चरन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र तथा संरक्षित क्षेत्र रहेको जग्गा

() पानीको मुहानलाई संरक्षण गर्न हुर्काइएका वा जोगाइएका रूख तथा वनस्पतिले ढाकेको सरकारी वा सार्वजनिक जग्गा,

() नदी उकासबाट प्राप्त गरी निजी जग्गा बाहेकका वनक्षेत्रका लागि तोकिएको जग्गा

() प्रचलित वन सम्बन्धी कानून बमोजिम वन क्षेत्र जनिएको जग्गा । 

(छ) नदी, खोला, ताल, सिमसार क्षेत्रः देहाय बमोजिमको क्षेत्रलाई नदी, खोला, ताल, सिमसार क्षेत्रमा वर्गीकरण (Nadi, Khola, Taal, Simsaar Kshetra Jagga Bargikaran) गरिनेछः- 

() नदी, खोला तथा सोको जलप्रवाहको क्षेत्र, किनारा डील र बगर क्षेत्र समेत

() नहर तथा सोको डिल. 

() प्राकृतिक ताल, पोखरी तथा सोको डिल

() साबिकको नदी वा खोला बगेको हाल नदी, खोला उकास भई बगर वा ढुङ्ग्यान कायम भएको क्षेत्र

() बग्ने पानी नभए पनि पानी जमेको वा जम्ने सम्भावना भएको सिमसार वा रामसार क्षेत्र । 

(ज) सार्वजनिक उपयोगको क्षेत्रः देहाय बमोजिम प्रयोग भएको जग्गालाई सार्वजनिक उपयोगको क्षेत्रमा वर्गीकरण (Sarbajanik Jagga Bargikaran) गरिनेछ :– 

() विभिन्न किसिमका यातायात पूर्वाधार (जस्तै बन्दरगाह, बसपार्क, कारपार्क, सडक पेटी, सडक, बाटो, रेल्वे, पुल, विमानस्थल समेत) सार्वजनिक रूपमा उपयोग हुने क्षेत्रले ओगटेको जग्गा, 

( ) शहरी क्षेत्रको खुला हरित क्षेत्र, बगैंचा, पार्क, चिडियाखाना, पिकनिक स्पट, खेल पूर्वाधार तथा मैदान लगायत रहेको सार्वजनिक स्थल

() सार्वजनिक आवागमन हुने प्राकृतिक वा मानव निर्मित सम्पदा वा पूर्वाधार रहेको स्थल र सोले चर्चेको जग्गा

() सार्वजनिक रूपमा उपयोग हुने मनोरञ्जन स्थल, चौर, फाँट, चौतारा, टुँडिखेल, हाटबजार लाग्ने स्थान, अन्त्येष्टि स्थल, फोहर व्यवस्थापन स्थल लगायत सोले चर्चेको जग्गा

() सरकारी, सार्वजनिक सामुदायिक विद्यालय, विश्वविद्यालय, लगायत शिक्षण संस्थाले चर्चेको जग्गा । 

(झ) सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र देहाय बमोजिमको क्षेत्रलाई सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्रमा वर्गीकरण गरिनेछः

() विभिन्न समुदायले धार्मिक, सांस्कृतिक, वा परम्परागतरूपमा पूजा, अर्चना वा उपासना गर्ने स्थल

() विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक, धार्मिकसांस्कृतिक क्षेत्र 

() विभिन्न ऐतिहासिक दरबार, भवन, किल्ला, गढी, स्तम्भ लगायत ढाँचा, निर्माण वा अन्य स्थल

() नेपाल सरकारले पुरातात्त्विक महत्त्वको भनी परिभाषित गरेको वा संरक्षण गर्ने भनी तोकेका क्षेत्र । 

(ञ) नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रः 

() खण्ड () देखि () सम्ममा उल्लिखित क्षेत्रभित्र नपर्ने विशिष्ट किसिमको भूउपयोग क्षेत्र

(२) स्थानीय आवश्यकता अनुसार छुट्याउनु पर्ने अन्य कुनै भूउपयोग क्षेत्र

Join The Discussion