घरजग्गा कर्जामा राष्ट्र बैंकको लचकता, आम्दानीको ५० बाट बढेर ७०% सम्म ऋण लिन मिल्ने

Home Loan (घर जग्गा कर्जा)
Please Share:

घरजग्गा कर्जा (Home loan or Mortgage loan) मा राष्ट्र बैंकको लचकता, आम्दानीको ५० बाट बढेर ७०% सम्म ऋण लिन मिल्ने

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले  मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सो समीक्षा अनुसार अब घरजग्गा किन्न सहज व्यवस्था लागु हुनेछ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक हुदैँ गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचक नीति अपनाईने छ ।

 

अब यो व्यवस्था लागू भएपछि  ऋण (Home Loan) लिएर घरजग्गा खरिद गर्दा आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ । यो भन्दा अघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै  व्यवस्था थियो । यसले गर्दा अब कर्जा (Home Loan) लिएर घर जग्गा खरिद गर्न केहि सहज हुनेछ ।

मौद्रिक नीति समीक्षामा अनुसार ‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ,’ भनिएको छ ।

Join The Discussion

Compare listings

Compare