खोज्नुहोस्
मूल्य अन्तर :

(Download PDF) घर भाडा सम्झौतामा हुनपर्ने कुराहरु | Ghar Bhada Samjhauta

ghar bhada samjhauta , ghar bahal samjhauta patra nepali pdf download

घर भाडा सम्झौता (Ghar Bhada Samjhauta) परिभाषा:

आफ्नो स्वामित्वमा रहेको घर, घरको कुनै तला, कोठा, जग्गा निश्चित रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा घर बहालमा दिएको भनेर बुझिन्छ । घर भाडा वा घर बहालमा दिदा खेरि बहालमा लिने व्यक्ति वा संस्थासंग सम्झौता गरिन्छ जसलाई घर भाडा सम्झौता (Ghar Bhada Samjhauta) भनिन्छ । 

घर भाडा सम्झौता (Ghar Bhada Samjhauta)मा देहायका कुराहरू उल्लेख गरेको हुनुपर्छ :

मुलुकी देवानी संहिता,२०७४ दफा ३८६ मा आधारित :

(क) घर जग्गा बहालमा लिने र दिने पक्षहरूको पूरा नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण–पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बरसमेत,

(ख) घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिने भवनको कुल क्षेत्रफल, तला वा कोठाको विवरण,

(ग) बहालमा लिने प्रयोजन,

(घ) बहाल सुरु हुने मिति,

(ङ) बहाल कायम रहने अवधि र अवधि थपसम्बन्धी व्यवस्था,

(च) मासिक तथा वार्षिक बहाल रकम तथा मासिक वा वार्षिक बहाल रकममा वृद्धि हुने भएमा सो समेत,

(छ) बहाल रकम बुझाउने समय तथा प्रक्रिया,

(ज) बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व,

(झ) बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था,

(ञ) बहालमा लिएको भवनको बीमा गर्नुपर्ने भए सोसम्बन्धी कुरा,

(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा,

(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा,

(ड) बहालमा लिएको भवन मर्मत तथा सम्भारसम्बन्धी व्यवस्था,

(ढ) सम्झौता हेरफेर गर्न सकिने नसकिने भन्ने व्यवस्था,

(ण) संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने वा नपाउने भन्ने विषय,

(त) सम्झौता विपरित घर वा घरजग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था,

(थ) सम्झौता भङ्ग गर्न सकिने पूर्वसर्तहरू,

(द) बहाल छोड्ने वा हटाउने सम्बन्धी व्यवस्था,

(ध) अन्य आवश्यक कुराहरू ।

सम्झौता (Ghar Bhada Samjhauta) गर्दा सम्झौताको लिखतमा बहाल बस्ने मुख्य व्यक्तिको फोटोसमेत टाँस्नुपर्छ  । सम्झौताको तीन प्रति लिखतमा बहालमा लिने/दिने व्यक्ति र दुवै पक्षका कम्तीमा एक/एक जना गरी दुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक प्रति सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्ने र एक/एक प्रति बहालमा लिने/दिने व्यक्तिले लिनुपर्ने हुन्छ ।

स्रोत: काठमाण्डौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय


हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।

छलफलमा सामेल हुनुहोस्