लालपुर्जा (Lalpurja) भन्ने शब्द नसुन्ने त हामी कम नै छौँ होला। जग्गाधनी दर्ता प्रमाण पुर्जालाई नै चलनचल्तिको भाषामा हामीले लालपुर्जा भन्ने गर्छौ। कुनै पनि जग्गा कुनै व्यक्ति वा सस्थाको स्वामित्वमा रहेको छ भन्ने प्रमाणको लागि नेपाल सरकारको भुमि व्यवस्थपन तथा अभिलेख बिभाग अन्तर्गत मालपोत कार्यालयले जग्गाधनी दर्ता प्रमाण पुर्जा अर्थात लालपुर्जा प्रदान गर्ने गर्छ।

हामीसंग लालपुर्जा (Lalpurja) भएपनि हामीलाई लालपुर्जामा भएका सबै कुरा थाहा नहुन सक्छ। लालपुर्जा हाम्रो सम्पत्ति स्वामित्वको एउटा महत्वपूर्ण कागजाज हो , त्यसैले पनि लालपुर्जा (Lalpurja) मा भएका सबै कुरा थाहा हुन अत्यन्त जरुरी नै छ।
लालपुर्जा (Lalpurja) मा हुने यि ८ कुराहरु चर्चा गरौँ:
१. जग्गाधनी बिवरण: माथि एउटा लालपुर्जाको उदाहरणमा देखाईएको फोटोमा १ नम्बर स्थानमा जग्गाधनीको नेपाली नागरिकता (Nepali Citizenship) बमोजिम बिवरणहरु हुन्छन् । उक्त्त बिवरणमा नागरिकता अनुसार जग्गाधनीको नामथर, ठेगाना, बाबु वा पतिको नाम, बिबाहित महिलाको हकमा ससुराको नाम, नागरिकता प्रमाणपत्र नम्बर, नागरिकता जारी भएको मिति र जारी गर्ने कार्यालयको नाम हुन्छ ।
२. साविक कित्ता न.: २ नम्बर स्थानमा जग्गाको साबिक कित्ता नम्बर हुन्छ । साबिक कित्ता नम्बर(Kitta number) भन्नाले अघिल्लो जुन कित्ताबाट कित्ताकाट गरिएको थियो त्यहि कित्ता वा यस भन्दा अघि यो जग्गाको कित्ता न जे थियो त्यही कित्ता नम्बरलाई साबिक कित्ता न. भनिन्छ ।
३. कित्ता न. (हाल): माथि लालपुर्जा (Lalpurja)को फोटोमा देखाइएको ३ नम्बरमा कित्ता न/खण्ड न रहेको छ जुन हाल जग्गाको कित्ता नम्बर हो। कित्ता नम्बर (Kitta number) भनेको जग्गको आफ्नो बिशिष्ट नम्बर जुन अॅकले जग्गालाई चिनाउँछ्। कुनै पनि गा.बि.स वा नगरपालिकाको एउटा वडामा प्रत्यक जग्गाको कित्ता नम्बर फरक फरक हुन्छन् । जग्गाको नक्सामा जग्गा थाहा पाउने भनेको कित्ता नम्बरले नै हो।
४. जग्गा ठेगाना: ४ नम्बरमा रहेको छ जग्गाको ठेगाना। उक्त जग्गा कुन गा.बि.स / नगरपालिका वा उप/महानगरपालिका कुन वडामा रहेको छ भनेर जनाउँछ। तर स्थानिय निकायको कार्यान्वयन पछि पनि पहिलेका कतिपय गाबिसहरुलाई जोडेर नगरपालिका भएका, गाउँपालिका/नगरपालिकाका नामहरु परिवर्तन भएपनि लालपुर्जा(Lalpurja)मा वा जग्गाको नक्सामा भने पुरानै वाडा नम्बर र गाबिस/नगरपालिकाको नाम हुन्छ।
५. जग्गा बिवरण: ५ नम्बरमा जग्गा बारे बिवरण हुन्छ। जस्तै – आबादी/ रैकर निजि भनेको बसोबास वा प्रयोग गरिएको निजि व्यक्ति वा निजि संंस्थाको जग्गा । रैकर जग्गा (Raikar Jagga) भन्नाले राज्यलाइ कर बुझाएर भोग-चलन गरिरहेको जग्गा ।अर्को उदाहरणको लागि सार्वजनिक जग्गा भनेको सार्वजनिक प्रयोजनमा रहेको जस्तै मठ-मंदिर, कुवा,पंधेरो, गुम्बा,मस्जिद वा कुनै सार्वजनिक संस्थाको नाममा रहेको जग्गा।
६. जग्गाधनीको हकहिस्सा: ६ नम्बरमा जग्गाधनिको हकहिस्सा रहेको छ। त्यो भनेको उक्त जग्गा एकलौटी अर्थात एक जना मात्र जग्गाधनिको नाममा छ वा संयुक्त अर्थात एक भन्दा धेरै जनाको नाममा छ भन्ने जनाउँछ। उदाहरणको लागि यदि उक्त जग्गा २ जनाको नाममा दर्ता रहेछ भने १ नम्बर स्थानको जग्गाधनिको बिवरणमा दुबैजनाको बिवरण हुन्छ र हकहिस्सामा संयुक्त हुन्छ र यो जग्गाको हक दुबै जनामा बराबर हुन्छ।
७. जग्गा वर्ग: ७ नम्बरमा जग्गा वर्ग वा किसिम हुन्छ। भूउपयोग नियमावली, २०७९ अनुसार जग्गा वर्गीकरण (Jagga Bargikaran) भनेर जग्गालाई १० शिर्षकमा छुट्टाएको छ । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन्। जग्गा आवासिय , कृषि , औद्योगिक आदि ७ नम्बरमा हुन्छ।
जग्गा वर्गीकरण (Jagga Bargikaran) सम्बंधि वृस्तितमा पढ्नलाई यो लिङ्क क्लिक गर्नुहोस् :
जग्गा वर्गीकरण (Jagga Bargikaran) के हो? वर्गीकरण परिवर्तन गर्न नियममा के छ बुझिराखौँ ।
८. जग्गा क्षेत्रफल: माथि लालपुर्जाको फोटोमा रहेको ८ नम्बर स्थान जग्गाको क्षेत्रफल हुन्छ। पहाडि क्षेत्रको जग्गा भए क्षेत्रफल एकाई रोपनि-आना-दाम-पैसा मा हुन्छ भने तराई क्षेत्रको जग्गा भए क्षेत्रफल एकाई बिघा-कठ्ठा-धुर-कनुवा हुन्छ। जस्तो रोपनि वाला जग्गाको क्षेत्रफल १-२-३-१ रोपनि छ भने यो भनेको जग्गाको क्षेत्रफल १ रोपनि २ आना ३ पैसा र १ दाम छ । साथै लालपुर्जा (Lalpurja)मा वर्ग मिटर (Square meter)मा पनि क्षेत्रफल हुन्छ। माथि रोपनि वाला क्षेत्रफल ५९८.१६३ वर्ग मिटर हुन्छ।
जग्गाको क्षेत्रफल परिवर्तन गर्नुपरेमा जस्तै धुर लाई आना (Dhur to aana), वर्ग मिटरलाई आना वा धुर परिवर्तन गर्न (Square meter to Aana , Square meter to Dhur), तलको लिङ्क क्लिक गर्न सक्नुहुनेछ:
नेपाली क्षेत्रफल रुपान्तरण (Area Of Land Converter In Nepal)
अन्य कुराहरु:
मोहिको नाम: यदि सो जग्गाको मोहि भए मोहिको नाम पनि लालपुर्जा(Lalpurja)मा हुन्छ। मोहि भनेको के हो? मोहि लागेको जग्गा भन्नाले के हो? यो सम्पुर्ण जानकारीको लागि तलको लिन्क क्लिक गर्नुहोस् ।
प्रमाणित गर्नेको दस्तखत: अन्तिममा प्रमाणित गर्ने अधिकृतको दस्तखत हुन्छ।
हामी संग जोडिनुहोस्
यो फर्म भर्नुहोस् र घर जग्गा सम्बन्धि जानकारी र अन्य कुनै पनि सेवा लिनुपरेमा हामी सम्पर्क गर्नेछौँ ।
छलफलमा सामेल हुनुहोस्