खोज्नुहोस्
मूल्य अन्तर :

वास्तु शास्त्र (Vastu Shastra) के हो ? वास्तु शास्त्रको प्राचीन विज्ञान बारे बुझौँ ।

Vastu Shastra

हामीले बेलाबेला सुन्ने गर्छौ ” यो घरमा छिर्ने बित्तिकै आनन्द आउँछ , यो कोठामा बस्दा आनन्द आउँछ, बास्तु मिलेको घर रैछ”। यदि त्येस्तो सुन्नुभएको छ भने उक्त घर वा कोठालाई निर्माण गर्दा वास्तुलाई ध्यान दिइएको छ । हो, हामी त्यहि बास्तु शास्त्र Vastu Shastra के हो? यसको बिज्ञान र बिषेशता के छ? भन्ने बारे चर्चा गर्नेछौँ।

वास्तु शास्त्र (Vastu Shastra) के हो ?

वास्तु शास्त्र (Vastu Shastra)को महत्व बुझ्नु अघि, यसको अर्थ बुझ्न महत्त्वपूर्ण छ। वास्तुशास्त्रको बास्तु भनेको ‘घर’ हो र शास्त्रको अर्थ ‘विज्ञान’ हो। सामन्य भाषामा बास्तु भनेको घरको बिज्ञान हो। वास्तुशास्त्र हजारौं वर्ष पुरानो हो, यो हाम्रो पुरातन शास्त्रहरू मार्फत वास्तु विज्ञानमा निर्भर छ। हाम्रो ब्रह्माण्ड ऊर्जाले भरिएको छ र बास्तु शास्त्र हाम्रो ब्रह्माण्डको ऊर्जा सन्तुलनको बारेमा हो।

वास्तु शास्त्र(Vastu Shastra) को उत्पत्ति:

वास्तु शास्त्रको उत्पत्ति वैदिक कालमा भएको थियो। वास्तुकलाको ज्ञान अथर्ववेदको एक भाग -स्थापत्यवेदमा रहेको छ जहाँ मानिस र उसको आवास बीचको सम्बन्ध समावेश गरिएको छ्। यसले जीवनयापन, डिजाइन, प्रकृति संग सद्भाव कायम र सकारात्मक ऊर्जा प्रवाह गर्ने कला सिकाउँछ। स्थापत्य वेद सिद्धान्त हुन सक्छ जबकि वास्तु शास्त्र Vastu Shastra यस ज्ञानको प्रयोग हो, “वास्तुकलाको विज्ञान।”

 

घरको डिजाईन र निर्माणमा वास्तु शास्त्र (Vastu Shastra)को महत्व:

  1. ऊर्जा सन्तुलन: वास्तु शास्त्रको लक्ष्य भनेको यी पाँच तत्वहरू (पृथ्वी, पानी, अग्नि, वायु र अन्तरिक्ष) लाई सन्तुलनमा राखेर आनन्दमय र शान्तिपुर्ण वातावरण सिर्जना गर्नु हो। यो पनि भनिन्छ कि जब यी तत्वहरु सन्तुलित हुन्छन्, तब सकारात्मक ऊर्जा अधिक स्वतन्त्र रूपमा प्रवाह गर्दछ, समृद्धि र शान्ति बढ्ने गर्छ।
  2. स्वास्थ्यकर जिवन: स्वास्थ्यकर जिवन यापनका लागि वास्तुशास्त्रले कोठाहरुको स्थान र दिशा निर्धारण गर्दछ। उदाहरण को लागी, शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन शौचालय, भान्छा र सुत्नेकोठा कहाँ र कुन दिशामा हुन पर्छ भन्ने कुरामा निर्भर गर्दछ।
  3. उत्पादकता बढाउँन: वास्तु सिद्धान्त अनुसार, राम्रोसँग डिजाइन गरिएका ठाउँहरूले दक्षता र उत्पादनमा बृद्धि गर्ने गर्छ। यो विशेष गरी कार्यस्थल र कार्यालय डिजाइन मा ख्याल गरिएको हुन्छ।
  4. आथिक समृद्धि: आर्थिक समृद्धिलाई प्रवर्द्धन गर्न र सम्पत्ति सम्बन्धी समस्याहरूबाट बच्न, वास्तुशास्त्रले महत्त्वपूर्ण पक्षहरू, जस्तै प्रवेशद्वार, नगद बाकस, र खातापाता राख्ने ठाउँको सुझावहरू दिन्छ।
  5. वातावरणीय स्थिरता: वास्तुका केही विचारहरू वातावरणीय स्थिरताको समकालीन धारणाहरूसँग मिल्दोजुल्दो छन्। उदाहरणका लागि, यसले पर्यावरण-मैत्री सामग्री, पर्याप्त भेन्टिलेसन, र प्राकृतिक प्रकाश प्रयोग गर्न सल्लाह दिन्छ।

वास्तु शास्त्र (Vastu Shastra)का पाँच तत्वहरु:

वास्तु-शास्त्र पाँच आवश्यक तत्वहरूमा आधारित छ: पृथ्वी (Earth), अग्नि (Fire), प्रकाश (Light), वायु (Wind), र आकाश (Ether), जसलाई पञ्चभूतहरू भनिन्छ। पृथ्वी र मानव शरीर सहित सम्पूर्ण ब्रह्माण्ड यी पाँच तत्वहरु बाट बनेको मानिन्छ जसले ब्रह्माण्डीय शक्ति र सम्पुर्ण ऊर्जालाई प्रभाव गर्ने गर्छ।

वास्तु मण्डलका अनुसार ब्रह्माण्ड फलदायिक उर्जाले भरिएको छ र यी सबै तत्वहरू सहि दिशामा मिलेको खण्डमा सन्तुलित र शान्ति पूर्ण जीवन यापन गर्न सकिन्छ।

वास्तु शास्त्र (Vastu Shastra) अनुसारका दिशाहरु:

दिशाप्रभावउचित कोठाहरु
उत्तर

धन र 

समृद्धि

बैठक कोठा, कार्यालय, प्रवेश द्वार
उत्तर-पूर्वधर्मपूजा कोठा, इनार र भूमिगत पानी ट्यांकी
पूर्व

प्रगति

र वृद्धि

प्रवेश द्वार, अतिथि कक्ष, बरँण्डा, बाथरूम
दक्षिण-पूर्व

ऊर्जा, जोश

र शक्ति

भान्सा, जेनेरेटर, र बिजुली आपूर्ति
दक्षिणगरिबीपछाडिको आँगन र किचन बगैचा
दक्षिण-पश्चिमशुद्धता र स्वच्छताशौचालय / धुने ठाउँ
पश्चिमपानीओभरहेड ट्याङ्की, अध्ययन कोठा
उत्तर-पश्चिम हावाबेडरुम

बास्तु शास्त्र (Vastu Shastra)का प्रकारहरु:

वास्तुकला र डिजाइनको प्राचीन विज्ञानमा विभिन्न शाखाहरू र किसिमहरू छन् जुन बस्ने ठाउँहरूको डिजाइन र अन्य विभिन्न पक्षहरूमा केन्द्रित छन्। वास्तुशास्त्रका प्रख्यात प्रकारहरू मध्ये निम्न हुन्:

  1. स्थानपत्य वेद(Sthapatya Veda): यो वास्तुशास्त्रको प्राथमिक शाखा हो जुन भवन निर्माण र सामान्य वास्तुकलासँग सम्बन्धित छ।
  2. वास्तु पुरुष मण्डला(Vastu Purusha Mandala): यसले वास्तु पुरुष मण्डला भनेर चिनिने एक विशेष ज्यामितीय ग्रिडको प्रयोग समावेश गर्दछ, जसले भवनको रूपरेखा र वास्तुकलालाई प्रभाव पार्ने ब्रह्माण्डीय ऊर्जा नक्सालाई प्रतिनिधित्व गर्ने मानिन्छ।
  3. प्रणव वास्तु(Pranava Vastu): यो प्रकारले मन्त्र र ध्वनि कम्पनहरूको प्रयोग मार्फत कुनै क्षेत्रमा राम्रो ऊर्जा बढाउनमा केन्द्रित हुन्छ।
  4. अयादी वास्तु(Aayaadi Vastu): यसको अर्थ भवनको मापन र अनुपातहरू हेरेर वास्तु सिद्धान्तहरू पालना गरेको छ भनी सुनिश्चित गर्नु हो।
  5. भूमि पूजा(Bhoomi Puja): यो राम्रो वातावरण प्रदान गर्न र निर्माण सुरु हुनु अघि पृथ्वीको आशीर्वाद माग्न को लागी गरिन्छ।
  6. रङ वास्तु(Color Vast): सद्भाव सिर्जना गर्न र ऊर्जा सन्तुलन गर्न भवनको विभिन्न क्षेत्रमा रंग प्रयोग गर्नमा केन्द्रित हुन्छ।
  7. गृह वास्तु(Griha Vastu): यो विशेष गरी आवासीय वास्तुकला र डिजाइनमा केन्द्रित छ।
  8. शिल्प शास्त्र(Shilpa Shastra): यसले वास्तुको मूर्तिकला र कलात्मक विशेषताहरू समावेश गर्दछ, जस्तै मूर्तिकला र अन्य सजावटी घटकहरूको व्यवस्था र संरचना।
  9. यंत्र वास्तु(Yantra Vastu): यसमा विशेष ज्यामितीय रेखाचित्र वा यंत्रहरूको प्रयोग गरेर सकारात्मक ऊर्जा बढाउने कुरा समावेश छ।
  10. चक्र वास्तु(Chakra Vastu): यसले बस्ने ठाउँहरू व्यवस्थित गर्न र उर्जावान गराउन चक्रहरू र ऊर्जा केन्द्रहरूको अवधारणाहरू लागू गर्दछ।
  11. व्यावसायिक वास्तु(Commercial Vastu): यसले कार्यालयहरू, व्यावसायिक भवनहरू, र अन्य व्यापारिक प्रतिष्ठानहरूमा वास्तु सिद्धान्तहरूको प्रयोगलाई जोड दिन्छ।

निश्कर्षमा

वास्तु शास्त्र(Vastu Shastra) भवन संरचनाको वास्तुकलामा प्रयोग हुने पुरानो अभ्यास हो। यो अभ्यासमा घर डिजाइन गर्दा पालना गर्नुपर्ने केही नियमहरू छन् जुन पालना गर्दा तपाईंलाई खुसी र आनन्द महशुस हुने ठाउँहरू सिर्जना हुन्छन। वास्तुशास्त्रले पृथ्वी र ब्रह्माण्डको ऊर्जालाई जोड्दछ ताकि सबै प्राकृतिक तत्वहरू (पाँच तत्व अर्थात् पृथ्वी, जल, अग्नि, वायु र अन्तरिक्ष)ले सकारात्मकता सिर्जना गर्नेछन्। ।

यो पनि पढ्नुहोस्:

घरको वास्तु (Ghar Vastu | Vastu for Home)

यस्तै जानकारी मुलक लेख पढ्न तल गएर आफ्नो ईमेल Submit गर्नुहोस् र हाम्रो Newsletter Subscribe गर्नुहोस् ।


Get In Touch With Us

Fill out this form for other similar informations. We will also help you to buy or sell property in Nepal.

छलफलमा सामेल हुनुहोस्